अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको मुन्डुबेरामा बसोबास गर्ने म्याग्देलीहरू संगठित भएका छन् । रोजगार, शिक्षा र ब्यवसायको सिलसिलामा त्यहाँ पुगेका म्याग्देलीले पूर्ण रोका मगरको अध्यक्षतामा म्याग्दी समाज मुन्डुबेरा गठन गरिएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा बेल नारायण पुन मगर, उपाध्यक्ष साधना भण्डारी, महासचिव रमेश रोका, सचिव रमेश भण्डारी, सहसचिव सुनिल सुबेदी, कोषाध्यक्ष भरत केसी, सहकोषाध्यक्ष मिरा पुन मगर रहनुभएको छ ।

संस्थाको समितिको सदस्यहरुमा होम बहादुर पुन, दिना फगामी, भिमकुमारी पूर्जा, किसान कार्की, आशा केसी, रविन जिसी, प्रविन पुन, रविन थापा, बम बहादुर पुन, रुपा घर्तीमगर, कमल बरुवाल, सन्तोष क्षेत्री र सिमाना थापा रहेको अध्यक्ष रोका मगरले जानकारी दिनुभयो ।

यस्तै सल्लाहारमा सन्तोष मल्ल, अर्जुन शर्मा, खेलकुद उपसमितिको संयोजक होमबहादुर पुन, सदस्य दिलिप बुढा, सदस्य बम बहादुर पुन, सांस्कृतिक संयोजक सरला किसान, सदस्य गिता छन्त्याल, कृष्ण भण्डारी चयन गरिएको छ । संस्थामार्फत बाढीपहिरो प्रभावितलाई राहत संकलन भइरहेको अध्यक्ष रोका मगरले जानकारी दिनुभयो । संस्थाले भविस्यमा मोनासँग सहकार्य गरेर काम गर्ने योजना रहेको छ ।

विज्ञापन