करिब आधा दशक बेलायतमा बसेर फर्किएका बेनी नगरपालिका–९, तोरिपानीका सुवर्ण खत्रीले पर्यटन र यातायात ब्यवसायमा संलग्न भए ।

अध्यायनको सिलसिलामा बेलायत पुगेर फर्किएका खत्रीले त्यहाँको बसाईमा सिकेको सीपलाई आफ्नै जिल्लामा प्रयोग गर्न मिल्ने उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा रहेको विश्वमै चर्चित रुप्से झरना र संसारकै गहिरो अन्धगल्छी नजिकै करिब एक करोडको लागतमा सुविधा सम्पन्न गडल्याण्ड वाटरफल मोटेल अर्थात रेष्टुरेन्ट सञ्चालनमा ल्याए ।

हिमाली जिल्ला मुस्ताङ जाने स्वदेशी तथा विदेशी पर्यटकलाई रुप्छे र अन्धगल्छीको अवलोकन, रेष्टुरेन्टको अर्गानिक खाना सहित आफ्नो भिजनलाई सुनाउने गरी करिब एकबर्ष खर्चिएर रेष्टुरेष्ट सञ्चालनमा ल्याएको ९ महिना नवित्दै बर्खाको समयमा उर्लिएर धुँवारको मुस्लो जस्तै आएको बाढीले नामनिसाना नै मेटिएकको खत्रीको भनाई छ ।

‘रुप्से र अन्धगल्छीमा मैले बुनेको सपना बाढीले बगाइदियो,‘अव त्यो सपना त्यहाँ पुरा गर्न सम्भव छैन’ खत्रीले भने । होटल र रेष्टुरेन्ट नामाकरण गरेर सञ्चालन गर्ने गरिएको अवस्थामो विदेशी शैलीको सेवा र नामाकरणले समेत विदेशी पर्यटक निकै आर्कषित हुने गरेको अवस्थामा केही मिनेट रुप्सेमा आएको बाढीले भौतिक र आर्थिक नोक्सानीसँगै आफ्नो पर्यटनको यात्रा झन्डै रोकिने अवस्थामा पुगेको उनको भनाई छ ।

रुप्से झरना र अन्धगल्छीले बैदेशिक रोजगारमा जाने अनेक अवसरलाई रोकेको उनले बताए । सिजनमै कोरोनाको जोखिमले लकडानउ भएपछि ब्यवसाय बन्द गरेर घर फर्किएको अवस्थामा दुईपटक चोरीको प्रयास भएपनि आफ्ुँले ब्यवसायलाई निरन्तरता दिने गरी थप सामान समेत लकडाउनकै अवधिमा पठाएको उनले बताए ।

रुप्से झरना र अन्धगल्छी उच्च पर्यटकीय सम्भावना भए पनि यसबाट स्थानीयवासीले उचित लाभ लिन नसकिरहेको अवस्थामा स्थानीय सरस्वती आधारभुत विद्यालयको जग्गा ७ बर्षका लागि भाडामा लिएर आफ्नै लगानीमा संरचना बनाएको खत्रीको भनाई छ। ’विदेशमा पैसा थियो, मैले पैसाभन्दा सीप लिएर स्वदेश फर्किए, त्यसलाई प्रयोग गर्ने मेरो लक्ष्य थियो’ उनले भने ।

‘हातमा सीप थियो,‘परिवारको सहयोगमा लगानी पनि गरेको थिए’ उनले भावुक हुदै भने ।पहिलो बर्ष लगानी अनुसारको नाफा नभएर घाटा व्यहोरेको अवस्थामा बाढीले बगाए पनि अझै पर्यटन ब्यवसायमै सक्रिय हुने उनको भनाई छ ।

‘आत्मविस्वासलाई भने त्यागेका छैन,‘लगानी बाढीले बगाएपनि सीप र ज्ञान बगाएको छैन’ खत्रीले भने । एक वर्षको अनुभवले अहिले भने धेरै कुरा सिकाएको खत्रीको भनाई छ । अवको केही महिनामा ब्यवसायलाई निरन्तरता दिने योजना बनाएको बताउँदै आफ्नो समस्यामा विदेशबाट साथीहरुले चिन्ता लिने गरेको बताए । रुप्से खोलामा निर्माणाधीन मोटरेबल पुलसँगै खत्रीको रेष्टुरेन्ट नजिक राखिएको बस,एक्साभेटर बगाएको छ ।

विज्ञापन