आगामी सोमबारदेखि पुनः मौसम सक्रिय हुने भएको छ।वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

यस वर्ष नेपालमा गतजेठ ३० गते रातिबाट मनसुन सक्रिय भएको थियो। त्यसै दिन मुलुकका विभिन्न क्षेत्रमा वर्षा भएको थियो भने पर्वतलगायत केही स्थानमा बाढी पहिरोले जनधनको समेत क्षति भएको थियो।

त्यसयता पटक/पटक ठाउँ/ठाउँमा भारी वर्षा भयो। गत असार २५ देखि २९ सम्म न्यून चापीय रेखा नेपाल नजिक आउँदा मुलुकका अधिकांश क्षेत्रमा भारी वर्षा भएको थियो।  source: setopati.com