म्याग्दी खोलाले ट्रान्सफरम बगाएपछि निजी खर्चमा हेलिकप्टरमार्फत ट्रान्सफरमर ढुवानी गरिएको छ।  पश्चिम म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनमा गएको असार २५ गते राती म्याग्दी खोलाले ट्रान्सफरम बगाएपछि अर्मन समाज अमेरिका, गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाका तिन छोरी र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डम बहादुर पुनको आर्थिक सहयोगमा ढुवानी गरिएको थियो ।खोलाले कटान गरेपछि अन्धाकारमा बस्न बाध्य अर्मनका विभिन्न बस्तीमा जनतालाई नियमित विद्युत आपुर्ती गर्ने गरी ब्यक्तिगत र संस्थागत सहयोगमा शनिबार सिम्रिक एयरको हेलिकप्टरबाट १ सय केभीए
क्षमताको ट्रान्सफरमर ढुवानी गरिएको गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो । ‘ढुवानीमा निजी खर्च जुटेपछि सहज भएको छ,‘एकदुई दिनमा विजुली बल्छ’ अध्यक्ष रोकाले भन्नुभयो ।हेलिकप्टर चार्टरका लागि अर्मन समाज अमेरिकाबाट ३ लाख २५ हजार , अध्यक्ष रोकाका तीन छोरी डा.रेखा रोका, डा. रञ्जना रोका र डा. स्वस्टी रोकाले १ लाख र अन्नपूर्ण गापा अध्यक्ष गर्बुजाले २५ हजार सहयोग गर्नुभएको थियो । ढुवानी खर्च ३ लाखमा बचत भएकोलाई अर्मनै बाढीपहिरो प्रभावितको पुर्नवास लगायतमा खर्च गरिने छ ।

यता नेपाल विद्युत प्राधिकरण बेनी वितरण शाखाका प्रमुख माधब महतले सडक अवरुद्ध र अर्मनसम्म ढुवानीमा समस्या भएकाले बैकल्पिक मार्गबाट ढुवानी गरिएको बताउनुभयो । उहाँले जडान तथा मर्मत गरी अवरुद्ध विद्युत सुचारु गरिने बताउनुभयो । ट्रान्सफरमर बगाउँदा छिस्वाङ, कुर्मिला, हिलवाङ, पाखु, खारापानी लगायत विभिन्न बस्तीमा विद्युत आपुर्ती रोकिएको थियो ।

विज्ञापन