विभिन्न रोगबाट यूकेमा ज्यान गुमाएका म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेका सदस्यलाई संस्थागत सहयोग गरिएको छ ।

संस्थाको आजिवन र सक्रिय सदस्यता लिएवापत कुनै परिवारका सदस्यको मृत्यु भएको अवस्थामा संस्थागत सम्झनाको रुपमा उपलबध गराउने क्रममा परिवारसँग भेटघाट तथा मृतकको आत्माको शान्तिको कामना गदैं संस्थागत भेटी हस्तान्तरण गरिएको महासचिव लालु पुनले बताउनुभयो ।

अल्दर्शत मम स्टेसन रेष्टुरेन्टमा आयोजित कार्यक्रममा मृतक सदस्यहरुलाई भेटी चढाउने कार्यक्रम अन्तरगत अध्यक्ष दल जुग्जालीले सदस्यामा आवद्ध रहेका चारजना सदस्यालाई ३ हजार ७९५ अर्थात ५ लाख ८० हजार हस्तान्तरण गर्नुभएको थियो ।

‘यो राहत पनि होईन्, संस्थामा आवद्ध हुदाँ सदस्यले तिरेको शुल्क नै हो’ जुग्जालीले भन्नुभयो । उहाँले सदस्यता लिदाँ तिर्ने गरेको शुल्कबाट सदस्यको मृत्युपछि पनि परिवारलाई सम्झने एउटा आधार भएको बताउँदै यसले यूकेमा रहेका म्याग्देलीलाई संस्थामा आवद्ध हुने वातावरण समेत बनाउने बताउनुभयो।

मोना यूकेको ६ औ कार्यसमितिले पहिलो र दोस्रो चरणमा १६ लाख ७६ हजार ७५० उपलब्ध गराइसकिएको कोषाध्यक्ष पदम गर्बुजाले जानकारी दिनुभयो। उहाँकाले सदस्यता लिएर मृत्यु भएकालाई संस्थागत सम्झनाको रुपमा लिन अनुरोध समेत गर्नुभयो । यो सेवा संस्थामा आवद्ध भएकालाइर्ए मात्रै लागु हुने छ।

कार्यक्रममा मोना यूकेका उपाध्यक्ष होम रोका, रघुगंगा गाउँपालिकाका सचिव राम पुन, मिडिया सचिव मन्दिप जुग्जाली, खेलकुद सहसचिव टेक बुढाथोकी, मोना युथका अध्यक्ष अनिल मल्ल उपस्थिति रहेको यस औपचारिक कार्यक्रममा ३ गाउले समाज यूकेका स्थापक अध्यक्ष गणेश बुराथोकी, बिमा समाज यूकेका अध्यक्षकृष्ण जुग्जाली  लगायतको उपस्थिती रहेको थियो । अहिलेसम्म १२ जनालाई उक्त सेवा दिइएको छ ।

विज्ञापन