गल्कोट नगरपालिका–३ हटिया प्रहरी चौकी नजिक मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाईते भएका एक युवाको मृत्यु भएको छ । गल्कोट नगरपालिका–३ हटियादेखि नरेठाँटी जाने क्रममा आज (बुधबार) दिउँसो ध १ प ७७२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाईते भएका गल्कोट–६ का २२ बर्षिय अर्जुन नेपालीलाई धौलागिरी अस्पताल बागलुङले मृत्त घोषणा गरेको छ ।

नेपालीलाई इर्मेरजेन्सी पोलिक्लिनिक प्रा.लि हटियामा सामान्य उपचार पश्चात अवस्था गम्भिर रहेको भन्दै पोखरा रिफर गरिएपनि अवस्था नाजुक भएपछि धौलागिरी अस्पताल बागलुङ लगिएको थियो । नेपालीलाई साँझ ८ बजे धौलागिरी अस्पताल ल्याइएपनि बाटोमै उनको मृत्यु भएको डाक्टरहरुले घोषणा गरेको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो