ब्रेन र आन्द्रामा रगत जमेर काठमाण्डौको टिचिङ अस्पतालमा उपचारर्थ बेनी नगरपालिका–२ ज्यामरुककोटकी प्रतिक्षा सुबेदीको उपचारमा जापानमा रहेका ज्यामरुककोटबासीको पहलमा १ लाख ३९ हजार २१५ रुपैयाँ संकलन भएको छ ।  बाथ रोगबाट ग्रसित २१ बर्षिया प्रतिक्षा सुबेदीको अप्रेसन सहित थप उपचारका लागि आर्थिक समस्या भएपछि सुरु भएको अभियानमा जापानमा रहेका सागर थापाको संयोजनमा उक्त आर्थिक सहयोग जुटेको हो ।

करिब दुईबर्ष अगाडी बिरामी भएकी सुबेदीको विगतमा आफन्त र गाउँमा आर्थिक सहयोग जुटाएर उपचार गरिएपनि समस्या जटिल भएपछि हाल अस्पतालमै उपचार भइरहेको छ ।

हालसम्म प्रतिक्षाको उपचारमा ज्यामरुककोटा समाज नेपालका संस्थापक अध्यक्ष भविन्द्र कुँवरमा करिब साढे ४ लाख संकलन भएको छ । स्वदेश तथा विदेशमा रहेका ज्यामरुककोटबासीले प्रतिक्षा सुबेदी उपचार समन्वय तथा ब्यवस्थापनमा सहयोग गर्ने गरी काठमाण्डौमा कुँवरलाई समन्वय गरिरहेका छन् । यता ज्यामरुककोटमा सुबेदीको अभियानमा स्थानीय अगुवा भिमबहादुर पौडेलले संयोजन गरेका छन् ।

विज्ञापन