कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी निजी तथा सामुदायिक विद्यालयमा राखिएको क्वारेन्टाइन र आइसोलेसन कक्ष हटाइने भएको छ ।

मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले देशभरका विद्यालय परिसरलाई बनाइएको र प्रयोग भइरहेका आइसोलेसनलाई हटाएर स्थानीय तहले निर्मलीकरण गर्ने पनि निर्णय जानकारी दिनुभयो ।

मन्त्री खतिवडाले विद्यालयमा रहेका कोरोना सम्बन्धि संरचनाहरुले आवतजावत तथा नकारात्मक सन्देश प्रवाह भएकाले हटाएर शैक्षिक सत्र २०७७÷७८ को विद्यार्थी भर्ना भदौ १ देखि सुरु गर्ने बताउनुभयो ।

म्याग्दी जिल्लाको सदरमुकाम बेनीको न्यु वेष्ट प्वाइ्रन्ट र माउण्ट एभरेष्टको पुरानो भवनमा क्वारेन्टाइन र बेनी सामुदायिक माविमा आइसोलेसन तयारी अवस्थामा राखिएको छ । त्यस्तै स्थानीय तहले समेत विद्यालयलाई नै क्वारेन्टाइनको रुपमा प्रयोग गरेको छ।

विज्ञापन