नेपाल सरकारले भदौ १ गतेदेखि विद्यालयको भर्ना खोल्ने निर्णय गरेको छ । विद्यालयले २०७६÷७७ का लागि लिएको परीक्षाको नतिजा प्रकाशन गरी १ देखि नयाँ विद्यार्थी भर्ना गर्ने , कक्षागत रुपमा विद्यार्थीको संख्या एकिन गर्ने, भर्ना भएका विद्यार्थीको तथ्याङ्क भराउने, नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन बाँकी रहेको भए उपलब्ध गराउने, शैक्षिक कार्यक्रम सञ्चालनार्थ अभिलम्व शिक्षकहरुलाई विद्यालय पु¥याउने व्यवस्था मिलाउने समेत सरकाले निर्देशन दिएको छ ।

मन्त्रिपरिषदको बैठकले विद्यालयलाई क्वारेन्टिन स्थल नबनाउने निर्णय गरेसँगै विद्यालयमा रहेकालाई सामुदायिक वा अन्य स्थानमा स्थानान्तरण गरिने छ । पिसिआर नतिजाको प्रतिक्षामा रहेका विद्यालयको क्वारेन्टाइनमा छन् ।

क्वारेन्टाइन र आइसोलेशन प्रयोग हुन छाडेका भवनलाई तोकिएको मापदण्ड अनुसार स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापनका लागि योग्य बनाउँने, विद्यालय र विद्यालय परिसरभित्र विद्यार्थी आवागमनमा प्रतिकूल असर पर्ने गरी वा विद्यालय क्षेत्रको निकट हुनेगरी कोभिड १९ रोकथाम र नियन्त्रणसम्बन्धी कुनैपनि संरचनाहरु नराख्ने निर्णय भएको छ ।’

विज्ञापन