कोभिड–१९ को जोखिम बढेपछि अन्तर जिल्ला सवारी आवागमन समेत कडाई गरिएको छ । लकडाउन खुलेसँगै समुदायमै कोरोना संक्रमण फैलिन थालेपछि जिल्ला प्रशसन कार्यालयमार्फत अन्तर जिल्ला आवतजावतका लागि जारी गरिने पासलाई थप कडाई गर्न निर्देशन दिइएको हो ।

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी अत्यावश्यक र ढुवानीका सवारीबाहेक अन्तर जिल्ला सवारी आवागमनका लागि पास जारी नगर्न परिपत्र गरेपछि छिमेकी जिल्लामा आवतजावतमा समेत थप कडाई गरिने भएको छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले लकडाउनमा जस्तै अन्तर जिल्लामा आवतजावतमा कडाई गरिने बताउनुभयो । ‘कोरोनाको जोखिमले थप सतर्कता अपनाउनुपर्ने भएको छ,‘बाहिरी जिल्लाबाट भित्रिनेलाई पनि कडाई गरिन्छ’ प्रजिअ ढकालले भन्नुभयो ।

जिल्लाभित्रको यातायात सञ्चालनमा कुनै समस्या नहुने प्रजिअ ढकालको भनाई छ । काठमाण्डौको प्रवेश नाकामा परीक्षण गर्दा कोभिड–१९ को सङ्क्रमण देखिएकाले कडाइ गर्न निर्देशन दिएको उल्लेख छ ।

Leave a Reply