म्याग्दी खोलामा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । बेनी नगरपालिका–७, मंगलाघाटमा म्याग्दी खोलाको किनारमा शंकास्पष्द अवस्थामा अन्दाजी ३५ देखि ४० बर्ष उमेरको शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

मंगोलियन हुलिया भएपनि शब कुहिएको अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताउनुभयो । शरीर पूरै सडेको अवस्थामा रहेको छ । सनाखतको प्रयास भइरहेको प्रहरीले जनाएको छ । शब पोष्टमार्टमका लागि बेनी अस्पतालमा लगिएको छ । पश्चिम म्याग्दीमा बाढीपहिरोमा परेर बेपत्ता भएको अनुमान गरिएपनि अनुसन्धान भइरहेको जनाइएको छ ।

Leave a Reply