म्याग्दीमा बाढीपहिरोबाट विस्थापितको पुर्नवासका लागि मोना अष्ट्रेलियाले १५ लाख उपलब्ध गराउने भएको छ। पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ र मालिका–७, विम लगायत जिल्लाभर विस्थापित जिवन विताइरहेकाको दीर्घकालिन पुर्नस्थापना तथा पुर्नबासका लागि मोना अष्ट्रेलियाले मोना अन्तराष्ट्रियको खतामा उक्त रकम जम्मा गर्ने भएको छ ।

शुक्रबार अष्ट्रेलियामा आयोजित कार्यक्रममा अभियानका संयोजक हिक्मत श्रेष्ठले मोना आइइसीको एकद्धार प्रणालीमार्फत मोनाको राहत तथा पुर्नवास अभियानमा सहयोग गर्ने संस्थाको निर्णय अनुसार नै उक्त सहयोग सोमबार जम्मा गरिने बताउनुभयो । उहाँले अष्ट्रेलियामा सहयोग संकलन अभियान जारी रहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा मोना अष्ट्रेलियाका उपाध्यक्ष सुसन श्रेष्ठ, महासचिव इन्द्र थापा मगर, कोषाध्यक्ष दिनेश खत्री लगायत मोनाका सदस्यहरूको उपस्थिती रहेको थियो । अष्ट्रेलियामा रहेको म्याग्दी समाज बन्डावर्ग, म्याग्दी सेवा समाज मुन्डुबेरा, जलजला समाज र मराङ टचले समेत बाढीपहिरो प्रभावितलाई राहत तथा पुर्नवास अभियानमा आर्थिक सहयोग जुटाएका छन् ।

मोना अष्ट्रेलियाका अध्यक्ष एवम् मोना आइसीका कोषाध्यक्ष मुक्ती रोका पारिवारिक कामको सिलसिलामा नेपालमा आउनुभएकाले पुर्नवासका लागि प्रक्रिया अघि बढ्ने अनुमान गरिएको छ ।मोनाले विश्वभरबाट राहत संकलन गर्ने गरी आपतकालिन राहत कोषमार्फत सहयोग जुटाइरहेको छ ।

MONA Australia would like to thank all the donors for their generous donations.Our donations are are still on through https://mona.org.np/myagdi-emergency-relief-fund

Gepostet von MONA Australia – Myagdi Overseas Nepalese Association am Freitag, 31. Juli 2020

विज्ञापन