एजेन्सी, १६ साउन । हालै गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ ।
सौर्य चक्र सम्बन्धी अध्ययन गरिरहेका वैज्ञानिकहरुले सूर्य अबको ३० वर्षपछि चिसो हुने अनुमान लगाएका हुन् ।क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले केही समयअघि गरेको एक अध्ययन अनुसार सन् २०५० सम्म सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने छ । अध्ययनपछि वैज्ञानिकहरुले त्यसबेलासम्म सूर्यको तापक्रम अहिलेको भन्दा ७ प्रतिशत घट्ने प्रतिवेदन निकालेका छन् । agency