अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर विस्थापित भएकालाई पुर्नवास र राहतका लागि म्याग्दी उद्योग वाणिज्य संघले चार लाख सहयोगको घोषणा गरेको छ ।

संघले स्थापनाको स्वर्ण जयन्ती (५०औँ वर्षगाँठ) को अवसरमा बाढीपहिरोबाट अति प्रभावित धवलागिरी र मालिका गाउँपालिकालाई एक–एक लाख र मंगला, रघुगंगा, अन्नपूर्ण गाउपाँलिका र बेनी नगरपालिकालाई प्रति स्थानीय तह ५० हजार नगद सहयोग गर्ने संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी दिनुभयो ।

‘राहत, पुर्नवास अभियानमा थप सहयोगका लागि पहल गरिरहेका छौ,‘सबैको सानोसानो सहयोगले विस्थापितलाई राहत उपलब्ध गराउन सहज हुन्छ’ अध्यक्ष कर्माचार्यले भन्नुभयो । संघले पालिकाको विपद् ब्यवस्थापन समितिको कोषमा उक्त सहयोग जम्मा गर्ने छ । बाढीपहिरोबाट विस्थापितको पुर्नवास अभियानलाई तिब्रता दिन समेत अनुरोध गरिएको छ । धवलागिरी

गाउँपालिका –६, मराङ र मालिका–७, विम लगायत जिल्लाभित्र अधिकांस स्थानमा बाढी तथा पहिरोमा परेकालाई पुर्नवास अभियान चुनौतीपूर्ण देखिएको अवस्थामा राहत सहयोग तथा हस्तान्तरण कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।

 

विज्ञापन