गण्डकी प्रदेश सरकारले जनैपूर्णिमाको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारले राजपत्रमा सूचना निकालेर जनैपूर्णिमासहित इद, तमु ल्होसार, माघे संक्रान्ति र सोनम ल्होसारमा सार्वजनिक बिदा दिने यसअघि नै निर्णय गरेको थियो । त्यसैअनुसार भोलि बिदा हुने भएको हो ।

२०६८ को जनगणना अनुसार धर्मको आधारमा हेर्दा गण्डकीमा ८२ प्रतिशत जनसंख्या हिन्दु धर्मावलम्वी छन् । त्यसपछि बौद्ध र क्रिश्चियन छन् । २०६८ को जनगणना अनुसार गण्डकी प्रदेशमा हिन्दु धर्म मान्ने जनसंख्या कुल जनसंख्याको ८२.९० प्रतिशत रहेका छन् । अर्थात कुल २४ लाख जनसंख्यामा गण्डकीका १९ लाख ९२ हजार जनाले हिन्दु धर्म मान्ने गरेका छन् । जनैपूर्णिमामा गतसाल बिदा दिईएको थिएन

विज्ञापन