म्याग्दीको सदरमुकाम बेनीस्थित बेलिब्रिजमा पानी जमेपछि स्थानीय एभरग्रिन यूवा क्लवले मर्मत गरेको छ । बेनी नगरपालिका–७, दरबाङ बस काउन्टर नजिकै पुलमा पानी जमेपछि क्लवका सदस्यहरूले मर्मत गरिएको क्लवका उपाध्यक्ष असल केसीले जानकारी दिनुभयो ।

बेनी हुदै छिमेकी जिल्ला बागलुङ आवतजावतमा अत्याधिक प्रयोग हुने पुलको बिच भाग र छेउमा पानीको ताल परेपछि यूवाहरुले ढलान गरी मर्मत गरेका हुन् । क्लवमा आवद्ध यूवाहरुले भविस्यमा समेत आवश्यकता परेमा मर्मत गर्ने प्रतिबद्धता जनाएका छन् ।

पुलमा आसपासमा पानीका कारण पैदलयात्रीलाई समेत निकै सास्ती हुने गरेको थियो । सम्बन्धित निकायको बेवास्ताका कारण यात्रुलाई सास्ती भएपछि पुल मर्मत गरिएको क्लवले जनाएको छ ।

एभरग्रिन यूवाले खेलकुद सहित विभिन्न रचनात्मक कार्यहरु समेत गर्ने गरेको छ । म्याग्दीको सदरमुकाम बेनी जोड्ने कालिपुलको पक्की पुल तथा जिल्लामा ग्रामिण सडकमा रहेका बेलिब्रिजको समेत मर्मतसम्भारको अभावमा जिर्ण बन्दै गएपनि सम्बन्धिन निकायको ध्यान पुग्न सकेको छैन् ।