सिन्धुपाल्चोको मेलम्ची बजारमा पहिरोले पुरिएर आठ जना बेपत्ता भएका छन् । मेलम्ची नगरपालिका(११ स्थित मेलम्ची बजार पिपल बोटमा कभर्ड निर्माणका लागि खटिएका मजदुरहरूलाई पहिरोले पुरिएर बेपत्ता भएको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनलने जनाकारी दिनुभयो ।

मेलम्ची नगरपालिकामा आइतबार मध्यरातमा गएको पहिरोमा परेर ९ जना मजदुर हराएका थिए । तीमध्ये एकजनाको जीवितै उद्धार गरिएको छ । आठजनाको खोजी भइरहेको छ।  अहिले उद्दार जारी रहेको उनको भनाइ छ । यस बारे थप विवरण आउन बाँकी छ ।