बिज्ञहरुले प्रधानमन्त्रीलाई  दिएको सुझाव अनुसार नेपालमा २ साता लकडाउन हुने संकेत देखिएको छ । मंगलबार विज्ञहरुसँग भएको छलफलमा विज्ञहरुको सुझावमा प्रधानमन्त्री सकारात्मक देखिएपछि लकडाउन गर्ने संकेत मिलेको हो । तर यो लकडाउन यसअघिको भन्दा भिन्न हुनेछ ।

स्रोतका अनुसार अबको लकडाउन काठमाण्डौ उपत्यकामा पूर्ण गर्ने र यसबाहेक प्रभावित क्षेत्रमा गर्ने तयारी छ । यसका लागी आजै मन्त्रीपरिषद बैठक बस्ने सभ्भावना छ ।

छलफलमा स्वास्थ्य क्षेत्रका विज्ञहरू, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत उपस्थित थिए । ओलीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा रहेका मन्त्री, सचिव र अन्य विज्ञ तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरूलाई पनि छलफलका लागि बोलाएका थिए ।

यसअघि लकडाउन खुकुलो बनाउनुभन्दा पहिला पनि उनले विज्ञहरूसँग छलफल गरेका थिए । पछिल्लो समय राजधानीलगायत देशका विभिन्न भागमा कोरोना सङ्क्रमण बढ्दै गएको तथा मृत्यु हुने र लक्षण देखिने दर बढेको सन्दर्भमा प्रधानमन्त्रीले छलफल शुरु गरेका हुन् । देउवा र ठाकुर छलफलबाट बाहिरिसकेका छन् भने छलफल अहिले पनि जारी छ । tvannapurna.com

विज्ञापन