सात दिनपछि जिउँदो हुने भनेपछि पाँच दिनसम्म घरमै लास राखियो

0

कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ।

स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो।

बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको थियो। शक्तिनगर शिविरका अगुवा मोतीराम डगौरा मुटुको विरामी थिए।

कोहलपुरमा उपचारपछि घर फर्केका मोतीरामको मृत्यु भएको थियो। मृत्युपछि पाँच दिनअघि थप उपचारका लागि पास्टरको घर ल्याइएको मोतीरामका २१ वर्षका छोरा ईश्वर डगौराले जानकारी दिएका छन्पा स्टरले सात दिनपछि जिउँदो हुने भनेपछि पाँच दिनसम्म घरमै लास राखियो

Leave a Reply