निजी क्षेत्रको सबैभन्दा प्रतिष्ठित मदन पुरस्कारको वर्ष ०७६ मा प्रकाशन भएका मध्ये उत्कृष्ट ७ पुस्तकको सूची म्याग्दीका चन्द्रप्रकाश बानियाँको पुस्तक समेत छनौटमा परेको छ ।

बेनी नगरपालिका–५ पुलाचौर घरभई हाल पोखरामा बस्दै आउनुभएका पूर्व सांसद बानियाँको ‘महारानी’ छनौटमा परेको हो ।

सक्रिय राजनीतिकबाट टाढा रहेर लेखन क्षेत्रमा सक्रिय रहनुभएका बानियाँद्वारा लिखित ऐतिहासिक बिषयमा आधरित उपन्यास ‘महारानी’ उपन्यासबाट पर्वत राज्यको बिषयमा लेखिएको छ ।

उपन्यासबाट इतिहासका धेरै कुरा खोजिएकाले समेत बर्षभरी निकै चर्चामा रहेको थियो । बानियाँको उपन्यास ३ सय ६८ पेजको छ । गुठीले २०७६ मा प्रकाशित भएर प्राप्त भएका १५१ पुस्तकमध्येबाट उत्कृष्ट १० पुस्तकको सूची तयार गर्न गठन भएको समितिले सात पुस्तकहरूको सूची गुठीलाई उपलब्ध गराएको हो।

गुठीले मदन पुरस्कारका लागि बानियाँको ‘महारानी’ बाहेक विमल निभाको ’जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ’धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ’परित्यक्ता’,योगी धर्ममहारसको ’महारसनिघण्टु (खण्ड १ – ३)’, ललित बिष्टको ’मोहपथ’ र शारदा शर्माको ’यात्रामा’ छनौट भएका छन् । उत्कृष्ट एक पुस्तकले सूचीमध्येबाट एउटा पुस्तकलाई वर्षको सर्वोत्कृष्ट पुस्तकका रुपमा दुई लाख रुपैयाँ र ताम्रपत्र सहितपुरस्कृत गरिन्छ ।

Leave a Reply