भुपु गोर्खाको नाम सामाजिक सुरक्षा भत्ता लाभग्राहीको सूचीबाट हट्यो

0

भारत र बिट्रिस आर्मीमा कार्यरत रही अवकाश प्राप्त भएका भूतपूर्व सैनिक र तिनका परिवारको सामाजिक सुरक्षा भत्ताका लागि नाम नविकरण नहुने भएको छ ।

विदेशबाट पेन्सन प्राप्त गर्नेलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध नगराउने गएको असार १७ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार स्थानीय तहले साउनको २५ गतेसम्म मापदण्ड पुगेकाको नाम नविकरण गर्ने क्रममा विदेशी पेन्सनरको नाम भत्ता नपाउनेमा सूचीमा राखिएको जनाइएको छ ।

तिब्र विरोधका बावजुत पनि सामाजिक सुरक्षा भत्ता कार्यविधि–२०७५ कार्यान्वयनमा आएसँगै सामान्य प्रशासन मन्त्रालयलेस्थानीय तहमा अब विदेशी पेन्सनरहरुलाई भत्ता नबाँड्न निर्देशन गरे अनुसार भत्ता प्राप्त गर्ने लाभग्राहीको सूचीबाट नाम हटाइएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीले बताउनुभयो ।

‘माथिबाट आएको निर्देशन अनुसार नै चल्नुपर्छ,‘चौथो चौमासिकको भत्ता पनि उपलब्ध गराउन सकेनौं’ सुबेदीले भन्नुभयो । स्थानीय तहलाई प्राप्त निर्देशनमा सामाजिक सुरक्षा भत्ता नपाउनेको सूचीमा विदेशी पेन्सनरको छुट्टै अभिलेख राखेर पठाउन समेत विभागले निर्देशन दिएको स्थानीय तकले जनाएको छ । यसअगाडी तिब्र विरोध भएपछि स्थागित भएको थियो ।

म्याग्दीमा भारतीय र बेलायती सेनामा कार्यरत रहेर अवकाश लिएपछि उमेर पुगेर र श्रीमान गुमाएका सयौको संख्यामा पेन्सनर छन्। म्याग्दीका ६ वटै स्थानीय तहले केन्द्रीय पञ्जीकरण विभागको निर्देशन अनुसार पेन्सनर भएकाले पेन्सन र भत्ता दुबै बुझ्ने व्यक्तिहरुको लगत कट्टा गरी नयाँ विवरण नविकरण गर्न सूचना जारी गरेको छ ।

ज्येष्ठ नागरिक, एकल महिला, विधवा, पूर्ण अपांगता भएका व्यक्ति, अति अशक्त अपांगता भएका, लोपोन्मुख आदिवासी जनजाति र बालबालिका राखिएको छ। यसैबीच जिल्लास्तरमा भूपु गोर्खा आवद्ध संस्थाले पटकपटक ज्ञापनपत्र सहित सामाजिक सुरक्षा भत्ता नपाएमा कडा आन्दोलनको चेतावनी समेत दिदैं जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र समेत बुझाएको छ ।

भुपु सैनिक संघ म्याग्दीका अध्यक्ष कर्णबहादुर बानियाँले रहर नभई बाध्यताले विदेशीएको अवस्थामा बुढेशकालमा राज्यले दिने सुविधा रोकेर अपमान गरेको बताउनुभयो । ‘हामी विदेशमा हुदाँ रेमिट्यान्सबाट पनि धेरै आएको छ,‘देशका लागि अवकाश पछि पनि धेरैले काम गरेका छौ’बानियाँले भन्नुभयो । सामाजिक सुरक्षा भत्ताका लागि नाम नविकरण नगर्ने निर्णय फिर्ता लिन समेत अनुरोध गर्नुभयो । म्याग्दीमा करिव ७ हजारको हाराहारीमा भुपु सैनिक रहेको अनुमान गरिएको छ ।

Leave a Reply