लामो दूरीको बस सेवा र हवाई उडान भदौ १ देखि नखुल्ने:खतिवडा

0

सूचना तथा सञ्चारमन्त्री डा युवराज खतिवडाले तत्काललाई विगतको जस्तो मुलुकभर लकडाउन नहुने बताउनुभएको छ । विहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मलेलनमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले विगतको जस्तो मुलुकभर लकडाउन नहुने बताउनुभएको बताउनुभएको हो।

तर, मन्त्री खतिवडाका अनुसार कोरोना भाइरसको जोखिम हेरेर जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले भने लकडाउनबारे निर्णय लिन सक्ने भने प्रष्ट पार्नुभएको छ ।

स्थानीय प्रशासनको निर्णय अनुसार केही जिल्लामा लकडाउन रहेको उल्लेख गर्दै मन्त्री खतिवडाले पूर्ण लकडाउन हुन्छ कि भनेर त्रस्त हुनुपर्ने अवस्था नरहेको बताउनुभयो । यसका साथै उहाँले कोरोना संक्रमणको जोखिम नभएको ठाउँमा खुकुलो र संक्रमण भएको ठाउँमा कडा गर्ने सरकारको नीति रहेको पनि जानकारी दिनुभयो ।

त्यस्तै, संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेका कारण तत्काल सार्वजनिक यातायात, विद्यालय वा अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने अवस्था नआइसकेको पनि प्रष्ट पार्नुभयो । उहाँले भदौ १ गतेदेखि खुल्ने भनिएको लामो दूरीको सवारी साधन र आन्तरिक तथा बाह्य उडानबारे पुनः समीक्षा गरिने जानकारी दिनुभयो ।

Leave a Reply