गण्डकी प्रदेशमा जोरबिजोर प्रणाली लागू नहुने

0

पोखरा, २२ साउन ।
कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी बिहीवारदेखि लागू भएको जोरबिजोर प्रणाली गण्डकी प्रदेशमा लागू नहुने भएको छ ।सरकारले २०० जनाभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लामा यो नियम लागू गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशका सबै ११ जिल्लामा २०० को संख्यामा सक्रिय संक्रमित नभएका कारण जोरबिजोर प्रणााली लागू नहुने भएको हो ।प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले प्रदेशको कुनै पनि जिल्लामा २०० को हाराहारीमा सक्रिय संक्रमित नरहेको जानकारी दिए ।मन्त्रालयका अनुसार २०० जनाभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा बेलुका ९ देखि बिहान ५ बजेसम्म आवागमनमा समेत रोक लगाइएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले कास्की जिल्लामा पनि २०० जना सक्रिय कोरोना संक्रमित नभएकाले जोरबिजोर प्रणाली लागू नहुने बताए । रासस

Leave a Reply