पहिरोले छियाछिया भएको पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका-६, मराङका पहिरोबाटग्रस्त क्षेत्रका बासिन्दालाई मराङ स्थायी घरभई जापानमा रहेका मराङबासीको साझा संस्था ‘टच मराङ जापानले करीब २१ लाख रुपैंया संकलन गरेको छ ।

पहिरोले एकैदिन २१ जनाको ज्यान जानुका साथै सिंगो वडाभित्रका अधिकांसले विस्थापित जिवन विताउनुपरेको अवस्थामा पुर्नवास सहित राहतका लागी उक्त सहयोग संकलन गरेका हुन् । आइतवार टोकियोमा एक समारोहको आयोजना गरी दिवंगत आत्माहरुप्रति भावपूर्ण श्रध्दाञ्जली अर्पण गरियो ।

प्रकृतिको निर्मम बज्रपातले क्षतविक्षत भएको आफ्नो गाउँको घाउमा मलमपट्टी लगाउन जुटेको टच मराङ जापानले सुरु गरेको आर्थिक सहयोग अभियानको पहिलो चरणलाई समापन गर्दै दिवंगतहरुको स्मृतिमा श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।

दिवंगत हुनेहरुको आत्माको चिरशान्तिको कामना गर्दै २१ दिप प्रज्वलन सहित १ मिनेट मौनधारणबाट सुरु भएको सो शोकसभामा विभिन्न वक्ताहरुले भावपूर्ण श्रध्दाञ्जली अर्पण गर्दै शोकलाई शक्तिमा बदल्नुपर्नेमा जोड दिए ।अभियानकी अगुवा बिष्णु बानियाँको सभापतित्वमा भएको सो शोकसभामा टच मराङ जापानका अध्यक्ष बिशाल केसी, सदस्यहरु लिल केसी, दिपक सुबेदी, हरि गर्बुजा, छिमेकी बिम समाजका ढकप्रसाद जुग्जाली लगायतले घटनाबाट भएको अपुरणीय क्षति र आघातबाट आफुहरु अत्यन्त मर्माहत भएको बताए ।

शोक मन्तब्यकै क्रममा आमा र भाइ गरी आफ्नै परिवारको दुई सदस्य गुमाएकी रेखा केसीले अप्रत्याशित घटनाले पुर्यागएको चोटमा विदेशमा भए पनि गाउँलेहरुको साथ, सहयोग र सहानुभूतिले आफुलाई सम्हालिन मदत पुगेको बताईन् ।

प्रमुख अतिथिकारुपमा बोल्दै नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्लले प्रवासबाट गाउँको मायामा जुटेको मराङबासीहरुको एकता र ऊर्जाशील सक्रियता उदाहरणीय भएको बताए । संकलित रकमलाई सहीरुपमा सदुपयोग गर्न अभियान्ताहरु थप जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए ।

अभियानका संयोजक ओमप्रकाश केसीले हालसम्म टच मराङ जापानले अविरल वर्षातका कारण गत असार २५ गतेको राती मराङको गाउँ नै क्षतविक्षत हुने गरी पहिरो खसेको थियो ।

सहयोग संकलन अभियानका लागि ओमप्रकाश केसीको संयोजकत्वमा बिष्णु बानियाँ (महिला संयोजक), बिशाल केसी (कानागावा संयोजक), लिल केसी (इवाराकी संयोजक), टेकबहादुर पुन (ओसाका संयोजक), निशानी सुनार (फुकुओका संयोजक), खम्मर पुन (साइतामा संयोजक), अनिश मगर (नागोया संयोजक) र तारा पुर्जा (महिला उपसंयोजक) रहेको एक कार्यदल गठन गरि टच मराङकी महासचिव समेत रहेकी रेखा केसीले बताईन् । श्रद्धाञ्जली सभाको समापन गदैं बिष्णु बानियाँले दिवंगत आत्माहरुको चिरशान्तिको कामना गर्दै शोकलाई शक्तीमा बदल्नुपर्ने बताईन् । श्रद्धाञ्जली सभा टच मराङका सदस्य दिल गर्बुजाले सञ्चालन गरेका थिए । समुन्द्रपारी डटकमको सहयोगमा

विज्ञापन