काठमाडौंको गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको एक शवको पहिचान भएको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंका एक उच्च अधिकारीका अनुसार हत्या गरिएका पुरुष रोल्पाका कृष्णबहादुर बोहोरा भएको खुलेको हो ।

ती अधिकारीले भने, “शवको सनाखत भएको छ । बाँकी अनुसन्धान जारी छ । अहिले विस्तृतमा भन्‍न सकिने अवस्था छैन । छिटै निष्कर्षमा पुग्छौं ।”हिजो गोंगबु गणेशस्थान आसपासको छुट्टाछुट्टै स्थानमा सुटकेशमा शव र झोलामा टाउको फेला परेको थियो । Source: baahrakhari.com

विज्ञापन