प्रहरीले कृष्णबहादुर बोहराको हत्यामा संलग्न कल्पना शाही भनिने कल्पना मुडभरीलाई सार्वजनिक गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरी उनको तस्वीर सार्वजनिक गरेको हो । सोमबार चितवनबाट पक्राउ परेकी उनलाई मंगलबार विहान गोंगबूस्थित घटनास्थलमै बयान लिएपछि प्रहरीले सार्वजनिक गरेको हो । कल्पनाले आफू र छोरीमाथि बलात्कार गर्न खोजेपछि हत्या गरेको दावी गरेकी छिन् ।

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर बोहोराको हत्यामा संलग्न  भएको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी पौडेललेलाई सार्वजनिक गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कल्पना र कृष्णबहादुरबीच तीन-चार वर्षअघि फेसबुकबाट चिनजान भएको जानकारी दिए। ‘पछि कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर महिलाका निर्वस्त्र तस्बिरहरू राख्न थालेको उनले बताएकी छन्,’ एसएसपी ज्ञवालीले भने,‘केही दिनअघि उनले कृष्णबहादुरलाई रक्सीमा हालेर स्लिपिङ ट्याबलेट खुवाएको र सुतेपछि अण्डकोषमा हानेर मारेको स्वीकारेकी छन्।’

 

सुटकेशमा शव भेटिएपछि प्रहरीले अपरेशन जो जो नाम दिएर उक्त घटनाको अनुसन्धान थालेको थियो। जो जो कुकुरले शवको टाउको खुट्टा फेला पारेको थियो। एसएसपी दीपक थापाका अनुसार हत्यापछि शव व्यवस्थापन गर्न भण्डारीले टाउको  र खुट्टा काटेकी थिइन्। काटिएको टाउको र खुट्टा आफुले ११ बजे लगेर घरदेखी ५ सय मिटर उत्तरपू्र्वतर्फ फालेको र फर्केर आएपछि केहिबेर रक्सी र मासु खाएपछि शरिर बोकेर घरबाट पश्चिमतर्फ २ सय मिटर पर फालेको बयान दिएकी छन । हत्या आफु एक्लैले गरेको तर शव व्यवस्थापनका क्रममा पश्चिमतर्फ जादाँ पानी परेकाले छोरीले छाता ओडाउन सहयोग गरेको आरोपित महिलाको बयान छ ।  Source: tvannapurna.com