रतुवा मृगको उद्धारमा स्थानिय जनताको सहयोग

0

म्याग्दी÷मुस्ताङ्ग जिल्लाको लेते गा।वि।स। वडा नं। ७ धम्पु गाउँमा एक रतुवा मृगको उद्धार गरिएको छ ।

चितुवाले तसा्रएर गाउँमा पसेको उक्त मृगलाई कुकुरले लखेट्दै रहेको अवस्थामा गाउँ भित्र आएको करिव चार वर्षको भाले मृगलाई कुकुरको आक्रमणबाट बचाउन त्यहाँका स्थानिय वासिन्दाहरुले कोठामा थुनि राखेका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमका वरिष्ठ रेाजर सुरेश थापा इलाका प्रहरी कार्यालय लेतेका इन्चार्ज बच्चु फुयाल संरक्षण क्षेत्र व्यवस्थापन समिति लेतेका सचिव सपुत शेरचन र वन व्यवस्थापन उप-समिति धम्पु गाउँका सचिव प्रमिश गौचन तथा सोही गाउँका स्थानियवासीहरुको रोहवरमा धम्पु गाउँको हेराङक्यू वन क्षेत्रमा लगी उक्त मृगलाई छोडीएको उद्धार कार्यमा संलग्न अधिकारीहरुले बताएका छन् । उनीहरुले उक्त मृगलाई सकुसल उद्धार गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका रेाजर थापाले संचारकर्मीलाई जानाकारि दिएका छन्् । एक्यापले यस क्षेत्रमा वन तथा वन्यजन्तु संरक्षणका लागि विगत १५ वर्ष देखि कार्य गर्दै आइरहेको वरिष्ठ रेाजर सुरेश थापाले बताए ।