म्याग्दीमा सरुवा भई आएका एक प्रहरीमा कोरोना पुष्टी भएपछि कन्ट्रयाक्ट ट्रेसिङमा परेकालाई क्वारेन्टाइनमा राखिएको छ ।

कन्ट्रयाक्ट ट्रेसिङमा परेका बेनी अस्पतालका एक चिकित्सक, दुई स्वास्थ्यकर्मी, प्रहरी कार्यालयको चमेनागृहका चारजना, संक्रमित प्रहरीसँगै आएर प्रहरीभित्रको होल्डिङ सेन्टरमा बसेका ७ जनालाई म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीको गण्डकी प्रदेश प्रहरी गणबाट तालिम सकेर भदौ १ गते जिल्ला प्रहरी कार्यालयमा आएका २० बर्षिय प्रहरी जवानमा कोरोना देखिएपछि कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले टोलीले आइसोलेसन कक्षमा रहेका संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङको क्रममा सम्पर्कमा रहेकालाई क्वारेन्टाइनमा राखिएको बताए ।

‘संक्रमित नै प्रहरी कार्यालयभित्रको क्वारेन्टाइनमा हुनुहुन्थ्यो,‘उहाँसँग सम्पर्कमा रहेका सबैलाई पिसिआर रिर्पोट नआँउदासम्म क्वारेन्टाइनमा राखिएको छ’ लम्सालले भने ।

संक्रमति प्रहरीलाई खाजा लैजाने प्रहरी कार्यालयभित्रको चमेनागृहमा सुरक्षा मापदण्ड अन्ुसार नै सेवा दिने गरिएको अवस्थामा थप प्रहरीमा संक्रमणको जोखिम कम रहेको प्रमुख लम्सालको भनाई छ ।

संक्रमति प्रहरीलाई कोरोनाको लक्षण देखिएपछि बेनी अस्पतालमा उपचारको क्रममा स्बाब संकलन गरी पठाइएको थियो ।

संक्रमतिलाई अस्पतालमा उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई समेत अस्पतालभित्रकै आवास क्षेत्रमा रहेको क्वारेन्टाइनमा राखिएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

बिरामीको उपचारको क्रममा आवश्यक सतर्कता अपनाइएको अध्यक्ष कटुवालले बताए । संक्रमति प्रहरीसँगै अन्य १० जना प्रहरीको पीसीआर परीक्षण गरिएकोमा ९ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

Leave a Reply