म्याग्दी प्रहरीले २० वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिबादीलाई पक्राउ गरेको छ । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाको दर गाउँमा बस्ने २२ बर्षिय गर्वे पाईजाको हत्यामा संलग्न ४४ बर्षिय चन्द्रवल घर्तीलाई प्रहरीको टोलीले आइतबार नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताउनुभयो ।प्रेस बिज्ञप्ति- २० बर्ष पुरानो कर्तव्य ज्यान मुद्दाका फरार पक्राउ

बि.स २०५७ साल कात्तिक २१ गते राती प्रतिवादी घर्ती सहितको टोलीले मकैबारीमा बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा अदालतले दोषी ठहर गदैं २० बर्ष सजाय तोकेको थियो ।

प्रतिवादीलाई तोकिएको कैद सजाय भुक्तानको लागि जिल्ला कारागारमा पठाइएको छ। जिल्ला प्रहरी कार्यालय, म्याग्दीको फरार पक्राउ अभियान अन्तर्गत पछिल्लो २ महिनामा कर्तव्य ज्यान, डाँका चोरी, लागुऔषध लगायतका मुद्दाका १३ फरार कसुरदार व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply