बेनी नगरपालिका ६ चुत्रेनीका ३० वर्षीय युवा कृष्ण मल्लले अष्ट्रेलिया जाने सोंच त्यागेर गाउँमा व्यवसायिक रुपमा बोयर जातका बाख्रा पालेर रहरलाग्दो आम्दानी गरेका छन् ।

पैसा कमाउन सपना बोकेर इराकमा गएका मल्ल त्यहाँ सोचे जस्तो कमाई नभएर अष्ट्रिलिया जाने सपना बोकेर नेपाल फर्केएपनि अहिले बोयर जात र क्रस जातको बाख्रा पालनतर्फ लागेका छन् ।

‘इराक ४ बर्ष बसेर अझै राम्रो पैसा कमाउने सोच बोकेर नेपालआएको हुँ’मल्ले भने, ४० लाखतिरेर अष्ट्रिलिया जानु भन्दायही केहीगर्न मन लागेर बोयर जातको बाख्रापाल्न सुरु गरेको हो ।

सुरुमा १० लाखलगानी गरेर बाख्रापालन सुरु गुर्नभएको मल्लले करिब दुई बर्षमा नै २५ लाख बराबरको व्यवसायबनाएको उनको भनाई छ ।

 

मल्लका अनुसार एक बर्षको अवधिमा १० लाख बराबरको बाख्रा बिक्रीबाट नै आम्दानी भैसकेको छ । अष्ट्रिलिया बाट आयत गरिएको एक माउ र एक बोयर जातको बोका लिएर बाख्रापालन सुरु गरेका मल्लको फार्ममा २५ वटा बोयर र क्रस बाख्रा रहेका छन् ।

कृष्ण बहुउद्देश्य कृषीतथापशुपालन र्फम दर्ता गरेर मासुको प्रयोजनका लागि नभई शुद्वबोयर एवम् स्थानीय खरी जातको बाख्रालाई बोयर बोकादिएर नस्ल सुधार गर्दै उन्नतजातका पाठापाठी बिक्री गरी कृषकलाई बाख्रापालन व्यवसायमा प्रेरित गर्ने योजना रहेको मल्लको रहेको छ।

‘विदेशमाजाने बेलाको लगानी यही व्यवासायमा लगानी गरेर घरमा बस्न सोच आएर मैले यो बाख्रापालन सुरु गरेको हो’ उनले भने, मोडल र्फममा परेर साढे दुई लाख अनुदान लिएर खोर बनाएकोे छु ।

अहिले मल्लको खोरमा ५० वटा बाख्राको क्षमता रहेको छ। ‘मैले अरुको खेतबारी बन्दगी मालिएर घाँस रोपेको छु, अब बाख्राको संख्या पनी बढाउदै लैजान्छु’ मल्लले भने, मेरो व्यवसायबाट घरपरिवार पनी सन्तुष्टि छन् ।

बोयर जातको बाख्रामा जन्मेको एक वर्षसम्म दैनिक २.३५ ग्रामका दरले मासु वृद्धि हुने र राम्रो व्यवस्थापनगर्न सके एउटा बोका १३० केजी सम्म तौल हुने मल्लको भनाई छ।

उनका अनुसार बोकान गन्हाउने, बोसोको मात्रा कम हुँदा बालकदेखि वृद्धसम्म जनसुकै उमेरका मानिसका लागि पनि उपयुक्त हुन्छ ।बोकाको तीव्र वृद्धिदर भएको कारण स्वास्थ्य र आम्दानीको तुलनामा महत्वपूर्ण ठहरिएको हुँदाबोयर जातको बाख्रापालनमा पछिल्लो समय युवाहरु बोयर बाख्रापालनमालागेका छन् ।

देख्दा राम्रो र सफासुग्घर तथा शान्त वातावरण रुचाउने सो जातको बाख्रा दुई वर्षको अवधिमा तीन पटक ब्याउने र एक पटकमा दुई वटा पाठापाठी पाउने गर्दछ । समुन्द्री सतहबाट ८५० मिटर उचाइमा रहेको सो स्थानमाबोयर जातको बाख्रापालन कालागि उपयुक्त वातावरण भएको उल्लेख गर्दै उनले आफ्नो फर्मलाई जिल्लाको नै ठूलो फर्मको रुपमा विकास गर्ने योजना बनाएका छन् ।

Leave a Reply