बागलुङ जिल्लाको निसीखोलाबाट चार किशोर किशोरी सम्पर्क बिहीन भएका छन् । निसीखोला गाउँपालिका-३ धाराखर्कका चार किशोर किशोरी भदौ ५ गते तीजको दिन देखि सम्पर्क बिहीन् भएका हुन् ।

तीजनको दिन निसीखोला-७ मा पर्ने नर्सिङकोट घुम्न भन्दै गएका उनीहरु त्यसपछि सम्पर्क बिहीन भएका हुन्। घुम्न भनेर निस्केर १७ वर्षकी अस्मिता सुनार, १५ वर्षका रामप्रसाद सुनार, १६ वर्षका स्यामु सिर्पाली र १५ वर्षका सम्झना सिर्पाली रहेका छन् ।

तीजको दिन घुमेर आउँछौ भनेर निस्केपछि सम्पर्कमा नआएको स्यामुका बुबा कोकबहादुर विकले बताए । उनीहरु सम्पर्क बिहीन भएपछि वडा कार्यालय मार्फत ईलाका प्रहरी कार्यालयमा समेत खोजीका लागि परिवारले निवदेन दिएको छ ।

कोही कसैले भेटे वडा कार्यालय, परिवार वा ईलाका प्रहरी कार्यालय झिंवाखोलामा सम्पर्क गरी जानकारी गराईदिन शाहीले आग्रह गरेका छन् ।

उनीहरु कही कतै भेटिएमा ईलाका प्रहरी कार्यलय झिवाखोला सम्पर्क नम्बर ९८४५१९११५६, कोकबहादुर बिक ९८६७७७२२२१ खिम शाही ९८४७७१९२१४ मा फोन गरी जानकारी गराईदिन आगह गरिएको छ ।

Leave a Reply