म्याग्दीमा कोरोना संक्रमति प्रहरीको कन्ट्याक्ट ट्रेसिङमा परेका ११ जना प्रहरी, क्वारेन्टाइनमा फ्रन्टलाइनमा कार्यरत कर्मचारी सहित जिल्ला बाहिरबाट आएका ३५ जनाको पिसिआर परीक्षण रिर्पोट नेगेटिभ आएको छ।

अन्तरजिल्ला आवतजावतलाई कडाई गरिएको अवस्थामा गण्डकी प्रदेशको प्रहरी गणबाट सरुवा भएर आएका प्रहरीमा कोरोना पुष्टी भएपछि थप कडाई गरिएको अवस्थामा संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका प्रहरी सहित अन्यको रिर्पोट नेगेटिभले जिल्लालाई अझै कोरोनबाट जोगाउन सफल भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताए ।

उनले संक्रमतिसँगै बसेका अन्य प्रहरीको पिसिआर नेगेटिभ आएपनि म्याग्दी बहुमुखी क्याम्पसमा राखिएकाले प्रहरी कार्यालय भित्र अव जोखिम नभएको बताए । ‘संक्रमति सहित थप ८ जनाको स्बाब संकलन गरिएको छैन्,‘उहाँहरूको स्बाब बिहिबार संकलन गरी पठाउने छौ’ लम्सालले भने ।

उनका अनुसार संक्रमति, प्रहरी कार्यालय भित्रको चमेनागृह, बेनी अस्पतालका १ चिकित्सक, स्वास्थ्यकर्मीका साथै संक्रमितको कन्ट्याक्टमा रहेका एक फेन्सी पसलका मालिकको समेत स्बाब लिइने छ ।

म्याग्दीका विभिन्न स्थानीय तहमा गरिएको स्बाब संकलन गरी पिसिआर रिर्पोटका लागि पोखरा पठाइएकोमा सबै नेगेटिभ आएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको रिपोर्ट नेगेटिभ आएपनि बेनीबजार सहित जिल्ला प्रवेशमा कडाई गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Leave a Reply