म्याग्दीको मालिका गाउँपालिका-५,देविस्थानको सुर्यमुखी यूवा क्लवले बाढीपहिरो प्रभावितलाई डेढ लाख बराबरको खाद्यान्न, नगद र भाडाँकुडा सहयोग गरेको छ ।

क्लवका सदस्य एवम् ब्रिटिस आर्मीमा कार्यरत सविन पुनको पहलमा संकलन भएको आर्थिकलाई वडा अध्यक्ष पिपला बुढाको उपस्थितिमा बाढीपहिरोबाट पीडितलाई सहयोग हस्तान्तरण गरिएको हो । क्लव, आमा समुहका साथै विभिन्न संघसंस्थामार्फत सहयोग प्राप्त भएको वडा अध्यक्ष बुढाले बताईन् ।क्लवका अध्यक्ष भक्त घर्ती मगरका अनुसार २२ जनालाई नगद, खाद्यान्न र भाँडाकुडाका साथै नव सृजना यूवा क्लवलाई साम्रागी र जलविद्युतलाई १ सय लिटर डिजेल सहयोग गरिएको छ ।

गएको असार २५ गते आएको बाढीपहिरोले क्षती पुगेकालाई सरकारी बाहेक देविस्थानबासीले विभिन्न देशबाट प्राप्त भएको सहयोगलाई हस्तान्तरण गरेका छन् । बाढीपहिरोबाट ग्रसित देविस्थानबासीलाई थप सहयोग आवश्यक रहेकाले सहयोग गर्न क्लवले अपिल समेत गरेको छ ।

Leave a Reply