पुर्नवास अभियानमा मोना फ्रान्सबाट सहयोग

0

बाढी पहिरोबाट विस्थापित म्याग्देलीको पुर्नवासमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) फ्रान्सले ५ लाख २८ हजारभन्दा बढी आर्थिक सहयोग गरेको छ ।

गएको असार २५ गते पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका-६, मराङ र मालिका-७, बिम सहित जिल्ला विभिन्न स्थानमा बाढीपहिरोबाट विस्थापित भएकाको पुर्नवास अभियानमा ५ लाख २८ हजार ७६४ रुपैयाँ जम्मा गरिएको हो ।

मोना आइइसी मार्फत भइरहेको आर्थिक सहयोग संकलन अभियानमा उक्त रकम जम्मा गरिएको मोना फ्रान्सका निर्वतमान अध्यक्ष एवम् पुर्ननिर्माण समितिका सदस्य हेमबहादुर बानियाँले बताए ।

‘विस्थापितलाई छिट्टै नयाँ घर दिने गरी अभियानमा सानो सहयोग पठाएका छौ,‘सहयोगी मनहरुप्रति धेरै आभारी छौ’ बानियाँले भने । आर्थिक सहयोग अभियानमा एनआरएन फ्रान्स र चितवन चौतारी समाजले समेत आर्थिक सहयोग गरेको मोना फ्रान्सले जनाएको छ ।

कोरोनाको जोखिमका कारण समस्यामा रहेका म्याग्देली सहित नेपालीले दिल खोलेर सहयोग गरेको संस्थाले जनाएको छ । यता बाढी पहिरोबाट विस्थापितलाई मोनाले विश्वभर रहेका राष्ट्रिय समितिमार्फत एकद्धार प्रणालीबाट सहयोग जुटाएर पुर्नवास अभियान सञ्चालन गरिरहेको मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीले बताउनुभयो ।

‘पुर्नवास अभियानलाई उपयुक्त समयमा सुरु गछौं,‘सबैतिरबाट सहयोग जुट्दै छ,‘मोनाले पीडितलाई सुन्दर घर दिन्छौ’ जुग्जालीले भने । उनका अनुसार घरको मोडेल सहित लागत अन्य विषयमा तयारी भइरहेको बताए ।

मोनाको अभियानमा विश्वभरबाट सहयोग जुट्ने क्रम रहेको महासचिव विक्रम कार्कीले बताए । उनका अनुसार सहयोग अभियान सम्पन्न भएपछि विवरण सार्वजकि गरिने बताए । यसबर्ष म्याग्दीका सबैजसो स्थानीय तहमा बाढीपहिरोबाट विस्थापित भएका छन् ।

Leave a Reply