उत्तरी म्याग्दीका बाढीपहिरो पीडितलाई शिख्तानी समाज यूके र पोखराले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । गएको असार महिना उता विभिन्न स्थानमा बाढीपहिरोमा ज्यान गुमाएका, पूर्णरुप र आंशिक रुपमा विस्थापितलाई समाजले नगद, त्रिपाल, खाद्यान्न लगायत विभिन्न सहयोग गरेको छ ।

शिख्तानी समाज पोखराका संयोजक बलबहादुर तिलिजामार्फत अन्नपूर्णका गाउँपालिका अध्यक्ष डम बहादुर पुन, वडाका जनप्रतिनिधिमार्फत पीडितलाई सहयोग हस्तान्तरण गरिएको सुरेन गुरुङले जानकारी दिनुभयो । मंगलबार अन्नपूर्ण–३ फगाममा आयोजित कार्यक्रममा १ लाख २ हजार, भुरुङ तातोपानीमा नदी कटानले क्षती पुगेका दुई परिवारलाई सहयोग गरिएको थियो ।

समाजमार्फत दानामा विस्थापित, घाईते र बाढीपहिरोमा ज्यान गुमाएकालाई सहयोग गरिएको संयोजक तिलिजाले जानकारी दिनुभयो । त्यस्तै अन्नपूर्ण–५ शिखमा १ लाख ८० हजार, वडा नं ७ दोसल्लेमा ८० हजार र पोखरामा १ लाख २९ हजार,अपाङ्ग क्याम्प पोखरामा २० हजार गरिएको समाजले जनाएको छ ।

समाजले शिखबासीको समस्याका साथै जिल्लाभित्र विभिन्न स्थानमा समेत सहयोग गरेको शिख्तानी समाज यूकेका संयोजक दान बहादुर गर्बुजाले बताउनुभयो । समाजले शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ती लगायत विभिन्न समस्यामा परेकालाई सहयोग गदैं आइरहेको छ ।

विज्ञापन