बेलायतको एक रेल सेवाले बेलायतको सर्वोच्च यूद्ध पदक भिक्टोरिया क्रस विजेता स्वर्गिय तुल बहादुर पुनको सम्मानमा रेलसेवाको नामकरण गर्ने भएको छ ।

गोर्खा आन्दोलनका महानायकको रुपमा समेत चिनिने म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङका भिजी पुनको बेलायतको पश्चिमी क्षेत्रमा रेलवे सेवा सन्चालन गर्ने ग्रेट वेस्टर्न रेलवेले शहरहरु जोड्ने एक सेवालाई भिसी पुनको नाममा नामकरण गर्ने घोषणा गरेको हो ।

दोस्रो विश्वयुद्ध समाप्त भएको ७५ वर्ष पुगेको अवसरमा सो नामकरण गर्न लागिएको ग्रेट वेष्टर्न रेलवेले बताएको छ ।

ग्रेट वेष्टर्न रेलवेका बाह्य सन्चार प्रमुख डान पान्सको भनाई उद्धित गदैं बेलायती सञ्चारमाध्यमले जनाए अनुसार दोस्रो विश्वयुद्ध समाप्तिको ७५ वर्षगाँठ विशेषरुपमा मनाउने क्रममा म्याग्दीमा जन्मिएर दोस्रो विश्वयुद्धमा बेलायतको स्वतन्त्रताको रक्षाका निम्ती गोर्खा सेनाको महानायकको भूमिका खेल्नुभएका भिसी पुनको सम्मानमा गरिने सयौं काममध्यको एउटा ईट्टा भएको ग्रेट वेष्टर्न रेलवेले जनाएको छ ।

पुनले भिक्टोरिय क्रस पाउँदा २१ वर्षको हुनुहुन्थ्यो । गोरखा सैनिकहरुले हालसम्म १३ वटा भिक्टोरिया क्रस प्राप्त गरेका छन् । गोरखा वेलफेयर ट्रष्टका संरक्षक जोअना लुम्लेले भिसीको जन्मगाउँमै आएर बेलायती जनताको हृदयमा सधै स्थान पाउने एउटा निष्ठावान कमाण्डर, बेलायतीको महानायक भएको घोषणा समेत गर्नुभएको थियो ।

उता भिसी पुनको नाममा रेलसेवाको नामकरण गरिने खवरले उत्साहित भएको पुनका छोरा अर्जुन तिलिजा पुनले बताउनुभयो ।

‘स्वर्गीय पिताको सम्मानमा एउटा नयाँ काम हुदैछ,‘योगदानको उच्च मुल्याङ्कन भएको महसुस गरेको छु’ पुनले भन्नुभयो । भिसी पुनको अवकासपछि म्याग्दीमा खानेपानी, खेलमैदान, विद्यालय भवन लगायत दर्जनौ योजनाहरुमा समेत काम गर्नुभएको थियो ।

भिसी पुनको नाममा बेगखोलामा सडक र पुन भिसी स्मृति रहेको छ । कालिका आधारभुत विद्यालय र बादुकमा रहेका श्रीकृष्ण विद्यालयका संस्थापक समेत रहनुभएका भिसी पुनको योगदान उत्तरी म्याग्दीका विभिन्न गाउँहरुमा खानेपानी, विद्यालय भवन सहित अन्य भौतिक संरचनासंग जोडिएको छ ।

हरेक बर्ष बेगखोलाबासीले भिसी पुनको समाधिस्थलमै पुगेर पुष्पगुच्छा अर्पण गर्ने गर्दछन् ।

परिवारले आफ्नै जग्गामा बनाएको समाधिस्थलमा बादुक, तिप्ल्याङ लगाएत आसपासका क्षेत्रबाट आएका स्थानीयले पुख्यौली नाच, नौमति वाजा सहित समाधिस्थलमा पुगेर पुष्प अर्पणका साथै भिसी पुनको योगदानको स्मरण गर्ने गरिएको स्थानीय बलमान गौचनले बताउनुभयो ।

बेगखोलाको बादुरक गाउँमा कविराम र आमा तनिसा तिलिजाको कोखबाट १९२३ मार्चमा जन्मिएका पुन २० बर्षको उमेरमा भर्ती भएका थिए । पुनको बादुक तिप्लाङस्थित आफ्नै घरमा सन् २०११ अप्रिल २० मा ९० बर्षको उमेरमा निधन भएको थियो ।

विज्ञापन