उत्तरी म्याग्दीका अन्नपूर्ण गाउँपालिकाले अबैध उत्खनन र भण्डारण गरिएको बालुवा जफत गरी सार्वजनिक सूचनामार्फत लिलामी गर्ने निर्णय गरेको छ ।

वडा नं १ र ६ महभिर, भिरकाटे आसपासका क्षेत्रमा पालिकाको अनुमति विनै भण्डारण गरिएको ४ सय ८० घनमिटर बालुवाको विषयमा लिखित उजुरी परेपछि शनिवार गाउँपालिका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा बसेको बैठकले अवैध उत्खनन्मा बिरुद्ध कडाई गर्ने निर्णय समेत गरिएको प्रमुख प्रशासकिय अधिकृत नविन सुवेदीले बताउनुभयो ।

‘नदीजन्य बस्तुको उत्खनन्मा अझै कडाई गर्ने निर्णय भएको छ,‘कुनैपनि स्थानमा उत्खनन् भएको जानकारी पाए तत्कालै पुग्छौ’ प्रशासकीय अधिकृत सुबेदीले भन्नुभयो ।

महभिर, भिरकाटे आसपासको क्षेत्रमा भण्डारण गरिएको बालुवा शर्मा युनाईटेड बिल्डर्समार्फत सागर बरुवाल र बिल्डर्सका सुपरभाइजर रमेश सुवेदीले राखेको देखिएको प्रशासकीय अधिकृत सुबेदीको बताए।, ‘सरकारी मुल्य करिब १ लाख बराबरको छ, बडिबढाउ गर्दा अझै धेरैमा विक्री हुनसक्छ’ सुबेदीले भन्नुभयो ।

उक्त बालुवा उत्खनन् र भण्डारणका बारेमा यूवा ब्यवसायी बरुवाल र सुबेदीले समेत आफ्नो धारणा पेश गरेको गाउँपालिकाले जनाएको छ । बैठकमा जनप्रतिनिधि, राजनीतिक दल र स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो ।उत्खनन्को विषयमा थप निर्णयका लागि कार्यपालिकाको बैठकमा पेश गर्ने बताइएको छ।

उक्त बालुवा कालिगण्डकीबाट उत्खनन् नभई शर्मा यूनाईटेडबाट ल्याएको ब्यवसायी सागर बरुवालको भनाई छ । गाउँपालिका अध्यक्ष पुनले नदीजन्य बस्तुको उत्खनन्का लागि प्रारम्भीक वातावरणीय प्रभाव मुल्याङ्कनको काम भइरहेको बताउनुभयो । ‘इआइएको रिर्पोट आएपछि मात्रै हामीले थप निर्णय गछौं,‘अहिलेको अवस्थामा उत्खनन् रोकिएको छ’ पुनले भन्नुभयो ।

विगतमा समेत कालिगण्डकी तथा आसपासका क्षेत्रमा लुकिछिपी उत्खनन् हुने गरेको अवस्थामा सरोकारवाला निकाय मौन बसेका थिए । ठूला योजनाले आफ्नो क्रसरबाट नियमित विवरण गिटी, बालुवा अन्यत्र विक्री गर्ने गरेको अवस्थामा समेत स्थानीय तहले कारवाही गर्न सकेको थिएन् । म्याग्दी र कालिगण्डकीमा नियम विपरित मेसिन लगाएर बालुवा झिक्ने काम भइरहेको छ ।

विज्ञापन