खाडी मुलुक संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका म्याग्देलीले बाढी पहिरोबाट विस्थापितको पुर्नवास अभियानमा झण्डै ६ लाखको हाराहारीमा आर्थिक सहयोग जुटाएका छन् ।

म्याग्देलीको साझा संस्था (मोना) यूएईले मोना अन्तराष्ट्रियको अभियानमा ५ लाख ७८ हजार ४२० रुपैयाँ संकलन गरेको मोना यूएईका महासचिव सुवास राम्जालीले जानकारी दिनुभयो ।

‘पुर्नवास अभियानमा विदेशीले समेत सहयोग गर्नुभएको छ,‘जन्मभूमिमा बाढीपहिरोले पुर्याएको क्षतीबाट स्तब्ध छौ’ राम्जालीले भन्नुभयो ।

अभियानमा मोना यूएईका पूर्व अध्यक्ष एवम् प्रमुख सल्लाहकार प्रकाश कार्कीले ३१ हजार ८ सय, मोना आइईसीका प्रबक्ता ई. नन्द प्रसाद गर्बुजाले १६ हजार ३३५, आकाश रसाईली १६ हजार ५०, गोर्खाका कर्णबहादुर गुरुङले १५ ९ सय, हातेमालो समुह १५ हजार ९ सय लगायत १ सय ४७ जनाले सहयोग गरेको अभियानका संयोजक एवम् संस्थाका प्रथम उपाध्यक्ष विक्रम अधिकारीले बताउनुभयो ।

‘विदेशीलाई पनि म्याग्दीको पीडाले छोएको छ,‘छिट्टै नयाँ घरका विस्थापित बसेको हेर्ने रहर छ‘ अधिकारीले भन्नुभयो ।

उहाँका अनुसार नेपालका विभिन्न जिल्लाका साथै भारतको सिक्किम, पाकिस्तान लगायतका देशबाट यूएईमा रहेकाले समेत सहयोग गरेका छन् । सहयोग रकम मोना अन्तराष्ट्रियको गरिमा विकास बैंकको खातामा जम्मा गरिने छ ।

गएको असार २५ गते पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ र मालिका–७, बिम सहित जिल्ला विभिन्न स्थानमा बाढीपहिरोबाट विस्थापित भएका छन् ।

यता बाढी पहिरोबाट विस्थापितलाई मोनाले विश्वभर रहेका राष्ट्रिय समितिमार्फत एकद्धार प्रणालीबाट सहयोग जुटाएर पुर्नवास अभियान सञ्चालन गरिरहेको मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीले बताउनुभयो ।

यसबर्ष म्याग्दीका सबैजसो स्थानीय तहमा बाढीपहिरोबाट विस्थापित भएका छन् । मोनाले जिल्लाभर विस्थापितको स्थानीय सरकार, सरोकारवाला निकायसँग समन्वय गरी घर बनाउन सघाउने छ ।

विज्ञापन