बेनी नगरपालिका-३, भकिम्लीमा स्वादिलो र गुणकारी मानिने किवी फलको ब्यवसायीक खेतीमा किसानको आकर्षण  बढेको छ ।

भकिम्लीको मुसुङका पृथिबहादुर पुनले परिक्षणको रुपमा लगाएको लहरा प्रजातिको ’किवी’ फलको खेती सफल भएपछि पछिल्लो आधादशक यता ९ जनाले ब्यवसायीक रुपमै खेती सुरू गरेको वडा अध्यक्ष पदमबहादुर पुनले बताउनुभयो ।

‘किबी खेतीलाई भकिम्लीको हावापानी अनुकुल छ,‘हरेक बर्ष नयाँ बिरुवा थपिएको छ, पुरानोले फल दिन सुरु गरेको छ’ पुनले भन्नुभयो । भकिम्ली, डोले, मुसुङका किसानले ५० देखि ३ सयसम्म बिरुवा रोपेका छन् ।

वडा अध्यक्ष पुन, लालबहादुर पुन, होम बहादुर राना, लालबहादुर घर्ती, लक्ष्मण पुन खिम बहादुर पुनले ब्यवसायीक खेती गरेका छन् भने करिब ७० घरधुरीमा केवीको बोट छ ।

दुईबर्ष अगाडी करिब ८० किलो किवी बिक्री गरेका लक्ष्मण पुनको यसबर्ष करिब १ क्लिन्टल किवी विक्री हुने अनुमान गरिएको छ ।

धमाधम किसानको माग बढ्न थालेपछि वडा कार्यालयमार्फत करिब ४ लाख बजेटमा विरुवा खरिद तथा बिरुवा रोप्ने, मल हाल्ने, पिलर ठड्याउने लगायतका प्राविधिक सहयोग समेत गरिएको थियो ।

प्रति बिरुवा साढे ५ सय रुपैयाँमा खरिद गरिएको थियो । केहीबर्ष भित्र भकिम्लीबाट सुन्तलाजस्तै किवीको निर्यात हुने अगुवा कृषक पृथिबहादुर पुनले बताउनुभउो ।

‘बिरुवा रोपेको चारवर्षपछि सुरु हुने उत्पादन लामो समयसम्म उत्पादन लिन सकिन्छ,‘मैले हरेक बर्ष बिरुवा थपिरहेको छु’ पुनले भन्नुभयो । उनले जरामा रसधैं गोडमेल र किवीको डन्डी र पातमा पनि रोगले आक्रमण गर्ने भएकाले विषेश ध्यान दिनुपर्ने बताए ।

किवी फल चिसो हावापानीमा फल्ने प्रजाति रहेको भकिम्लीको हावापानी चिसो भएकाले पनि सहज भएको किसानको भनाई छ । समुद्री सतहबाट नौ सयदेखि २७ सय मिटर उचाइमा किवीको खेती हुन्छ । पाकेको किवी फलको स्वाद हल्का अमिलो, गुलियो हुने भएकाले भिटामिन सी, ए र बी बढी मात्रा पाइन्छ ।

किवीको नियमित सेवनबाट गर्भवती महिला, रगत, मुटुका विरामी र रुघाखोकी लगायतका विरामीलाई विशेष फाइदा पुग्छ । भकिम्लीका किवीसँगै टिम्बुरको नर्सरी समेत स्थापना गर्ने तयारीमा कृषक जुटेका छन्।

विज्ञापन