कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले शनिबार लभ्लीहिल पदमार्गको सरसफाई तथा पहिरो पन्छाएको छ ।  बर्खाको समयमा पदमार्गमा भलबाढीले आवतजावतमा समस्या भएपछि समितिले बेनी नगरपालिका–२, हाँडेभिरदेखि लभ्लीहिलसम्म पुग्ने पदमार्गको सिँढी, रेलिङ र बाटोमा फालिएको फोहोर सङ्कलन तथा विर्सजन गरिएको छ ।

पदमार्गमा थुप्रिएको माटो, भूमिगत पानीको ब्यवस्थापन नहुदाँ घुम्ने जाने र खवरा आसपासबाट दैनिक आवतजावत गर्ने सर्वसाधारणलाई सास्ती भएपछि समितिमार्फत बेल्चा लगायतका औजारको समेत प्रयोग गरी सरसफाई गरिएको समितिका सचिव दामोदर शर्माले जानकारी दिनुभयो ।

ब्यवसायसँगै सामाजिक तथा मानवीय सेवामा समेत सक्रिय रहेको समितिले पदमार्ग मर्मतका लागी आवश्यकता परेमा भविस्यमा समेत निरन्तर सक्रिय हुने प्रतिबद्धता जनाएको छ ।

बेनी नगरपालिका, प्रवासी म्याग्देलीहरुको संस्था मोना आइईसी र म्याग्दी उद्योग वाणिज्य संघको त्रिपक्षीय साझेदारीमा निर्मित पदमार्गको मर्मतमा सम्बन्धित निकायबाट चासो नदेखाएको महसुस गरी मर्मत तथा सरसफाई गरिएको समितिका अध्यक्ष रविन्द्रप्रसाद शर्माले बताउनुभयो ।

‘पदमार्गको केही भागमा हिड्नै समस्या हुने अवस्था देखियो,‘सरसफाई गरी आवतजावतमा केही सहज बनाएका छौ’ शर्माले भन्नुभयो । उहाँले पदमार्गको प्रयोग गर्नेको चाप बढ्दै जान थालेको अवस्थामा मर्मतसम्भार कोषमार्फत मासिक रुपमा सरसफाई अभियान सञ्चालन गर्न समेत अनुरोध गर्नुभएको छ ।

म्याग्दीका फेन्सी ब्यवसायीको साझा संस्था समिति मार्फत बाढीपहिरो प्रभावितलाई साढे २ लाख बराबरको लत्ताकपडालगायत विभिन्न सामाजिक कार्य गदैं आइरहेको उपाध्यक्ष रामप्रसाद सुबेदीले बताउनुभयो ।

‘मोना–बेनी–लभ्लीहिल’ पदमार्ग २ मिटर चौडाइको सिँढीमा ६ इन्च उचाई रहेको छ भने पैताला १२ देखि १४ इन्चसम्म रहेकोमा पदमार्गको दुवैतर्फ रेलिङ हालिएको ६ सय ६० मिटरको छ ।

विज्ञापन