म्याग्दीको मंगला गाउँपालिका-५,अर्मनको एक यूवा क्लवले गोरेटोबाटो मर्मत गरिएको छ । खेलकुद तथा सामाजिक अभियानमा सक्रिय सिर्जना यूवा क्लवले अर्मनको कुर्सिम्ला देखि पाखुसम्म जोड्ने करिब एक किलोमिटर बाटो मर्मत तथा स्तरोन्नती गरिएको छ ।

पुरानो पैदलमार्ग साँधुरो हुदाँ स्थानीयलाई वडा कार्यालयमा नियमित आवतजावतमा समस्या भएपछि क्लवको अगुवाईमा स्थानीयबासीले मर्मत तथा अप्ठेरो ठाउँमा स्तरोन्नती गरिएको क्लवका अध्यक्ष किशोर कँडेलले बताउनुभयो ।

‘यहाँबाट आवतजावतमा निरन्तर मर्मत गर्ने योजना छ,‘मोटरसाईकलसम्म हिड्न मिल्ने बनाउने गरी बजेटको समेत माग गरेका छौ’ अध्यक्ष कँडेलले भन्नुभयो । पदमार्गबाट पाखु, अर्मन, धारा, किमचौर लगायत आसपासका क्षेत्रमा आवतजावत गर्ने गरिन्छ ।

’वडा कार्यालयसम्म पुग्न निकै अप्ठ्यारो थियो,‘बाटो निर्माण भएपछि स्थानीयलाई सजिलो भएको छ’ क्लवका सचिव जगत बानियाँले भन्नुभयो । उहाँका अनुसार क्लवमार्फत स्थानीयस्तरमा आवश्यक खेलमैदान, मोटरबाटो मर्मत, समुदाय र वडाका योजनाहरुमा समेत सहयोग गर्ने गरिएको छ ।

निस्कृय रहेको क्लवको अध्यक्ष सहित नयाँ पदाधिकारी आएसँगै कोरोना भाइरस बिरुद्धको अभियानमा समेत आमा समुह, स्थानीय संघसंस्थालाई समेत सक्रिय बनाई सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको थियो।