कोरोना भाइरसको जोखिमसँगै दक्षिण कोरियामा काम छोडेर बसेका नेपालीलाई म्याग्दीका विनोद कुँवरले व्यवस्थित होल्डिङ सेन्टर बनाएका छन्।

कोभिड–१९ को जोखिममा परेका म्याग्देली सहित विभिन्न जिल्लाबाट कोरियामा पुगेर अलपत्र परेकाहरुलाई उद्धार गदैं आएका कुँवरका दुर्गा रेष्टुरेन्ट कीम्हेबाट निशुल्क सेल्टरको व्यवस्था गरिएपछि करिब ५० जनाभन्दा बढीले सेवा लिएका छन् ।

रोजगारी गुमाएकालाई आउन अनुरोध गरेका छौ,‘समस्यामा परेकालाई सहयोग गर्नु नै धर्म हो’ मोना अन्तराष्ट्रियका पूर्व उपाध्यक्ष समेत रहनुभएका कुँवरले भन्नुभयो । उहाँका अनुसार रेष्टुरेन्टमा कार्यरत कर्मचारीले समस्यामा परेकाको खोजीका लागि विभिन्न माध्यमबाट प्रचारप्रसार समेत गरेका छन्।

एउटा कम्पनीमा काम छोडेर अर्कोमा जाने, अवैध बसेका, कम्पनी बन्द भएपछि अलपत्र परेका कोभिड–१९ बाहेकका गम्भीर स्वास्थ्य समस्या भएकालाई उद्धार गर्ने गरिएको बाबुराम भण्डारीले जानकारी दिनुभयो।

नेपाल फर्किन चाहनेलाई अन्तर्राष्ट्रिय हवाईको विषेश उडानमार्फत समेत नेपाल पठाउन सहयोग गर्ने गरिएको छ । कोरियामा सफल नेपाली ब्यवसायीको रुपमा चिनिएका कुँवरले समस्यामा परेकालाई उद्धार, मृतकको अन्तेष्टी सहित नेपालमा शब ल्याउने लगायत विभिन्न काममार्फत लोकप्रियता कमाएका छन् ।
सम्पर्क न : ०५५३३५४७८६, ०१०२२९७६५४७, ०१०६६६८३८१२

विज्ञापन