बेनी नगरपालिका-९,मा अवस्थित काउलेगौडाँ यूवा क्लवको पाँचौ अधिवेशनबाट प्रकाश खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सोमबार क्लवको भवनमा आयोजित अधिवेशनबाट उपाध्यक्षमा लक्षु श्रेष्ठ,सचिव अमृत पुरी,कोषाध्यक्ष विनोद खत्री, सहसचिव अशोक खत्री चयन भएका छन् ।

समितिको सदस्यमा क्रमश अन्जान पुरी, कुमार थापा, लक्ष्मण खत्री, साजन कार्की र राम खत्री रहेका छन् । त्यसैगरी खेलकुद संयोजकमा रामकृष्ण खत्री, सदस्यमा शिव श्रेष्ठ, कृष्ण श्रेष्ठ, सांस्कृतिक संयोजकमा सन्तोष थापा, सुरेश केसी, निरज आचार्य रहेको क्लवका सचिव अमृत पुरीले जानकारी दिनुभयो ।

अधिवेशनबाट चयन भएकालाई संस्थापक संरक्षक तेजेन्द्र बानियाँले सपथ खुवाउनुभएको थियो। सोही अवसरमा सल्लाहार समिति समेत चयन गरिएको छ । समितिमा निर्वतमान अध्यक्ष चिरञ्जीवि सुबेदी, पूर्व अध्यक्ष रुद्ध बहादुर रेग्मी, भोजराज केसी, नारायण खत्री र गोकुल खत्री रहनुभएको छ ।

म्याग्दीको भलिबल प्रतियोगितामा एक छत्र राज गरिरहेको क्लवले पछिल्लो समय खेलकुद गतिविधिमा केन्द्रित गरेपनि स्थापनाकालमा गाउँमा हुने विकास निर्माण, सामाजिक गतिविधिका साथै विपन्नको उद्धार, आर्थिक सहयोग लगायतका कार्यहरु समेत गर्ने गरेको थियो ।

नवनिर्वाचित अध्यक्ष खत्रीले क्लवको प्रतिष्ठालाई थप उचाईमा पुर्याउने गरी काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । क्लवका संस्थापक अध्यक्ष बानियाँ राष्ट्रियस्तरका प्रशिक्षक बनिसकेका छन भने सुजन चोखाल लागयतका खेलाडीहरु क्षेत्रीय र राष्ट्रिय प्रतियोगितामा समेत आफ्नो क्षमता देखाइसकेका छन् ।

विज्ञापन