All-focus

म्याग्दीको रघुगंगा गाउँपालिका–८,कुईनेमंगलेका अधिकांश अग्ला भीर पहरामा मौरीको घार देख्न सकिन्छ। आङ सिरिङ्ग हुने हिमाल जस्तै अग्लो कहालीलाग्दो पहरामा स्थानीय यूवा रेशम, जिवन छन्त्यालको टोली ज्यानको बाजी राखेर भीरमौरीको महको सिकार गर्दै आएका छन्।

तुर्लुंङ डोरी झुन्डिएर वर्षैपिच्छे मह सिकार गर्दै आएका यूवाले पुख्यौली पेसा र परम्परा ठान्छन्। अक्करे भीरमा जोखिम मोलेर गरिने साहसिक मह शिकारमा निस्किएका यूवाहरू करिब तीन महिना जंगलमै विताउँछन् ।

स्थानीय यूवाले मनग्य आम्दानीसँगै जिवन निर्वाह समेत गर्ने गरेको स्थानीय चित्र छन्त्यालले बताए। ‘हत्केलामा राखेर डोरी (परङ) मा झुन्डिएर मौरीको चाका नजीक पुगेर मह निकाल्नुपर्छ,‘अनुभवी यूवा शिकारीलाई समस्या हुदैन’ छन्त्यालले भने ।

भीर मह काढ्दा परङमार्फत गएका शिकारीले गोलामा धुवाँ झोस्ने भएकाले थोरै गल्ती भएमा ज्यान पनि जान सक्ने भएकाले पूर्वतयारीमा समेत समय खर्चनुपर्छ ।

उनले कुईनमंगलेका ३९ साना–ठुला भीर पहरामा भीर माहुरी पाइन्छ। ठूलो भीरमा १ सय घार, रुम भन्ने ठाउँमा ६०, जिर्जा भिरमा ५० पन्थेडम्बार भीरमा ४० घारसम्म निकालेको मह ब्यापारी समेत रहेका छन्त्यालले बताए । मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा शिकारी बाँडिएका हुन्छन्।

एक समूहले भिरको माथीबाट तल भुईंसम्म डोरी झुन्डाउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्छन्।

ठूलो भिरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भिरमा दिनभरी खर्चिनुपर्ने बताए। झण्डै १५ सयदेखि २५ सय मिटरको उचाईका पहरामा यसबर्ष करिब २ हजार लिटर मह निकालिएको छ ।

मह निकाल्ने स्थानीय भाषामा भिरौटेलाई भिर नै जिम्मा लिएका ब्यापारीले दैनिक ३ हजार, मह तान्ने टाउकेलाई १८ सय मह छान्ने सिपालुलाई १५ सयसम्म दिने गरेका छन् । बजारमा महको प्रतिलिटर रु दुई हजारमा बिक्री हुुन्छ ।

अन्तर्राष्ट्रियस्तरमा यसको माग उच्च छ। एक सिजनमा ज्याला, राजश्व, अन्य ब्यवस्थापन गरी करिब २५ लाखभन्दा बढी खर्च हुन्छ भने ४० लाखको हाराहारीमा मह विक्री हुने गरेको छ ।

ठूलो भीरमा १० र सानोमा ६ जनाको जनशक्ती ब्यवस्थापन गर्नुपर्छ। बस्तीबाट धेरै टाढा विश्वकै सातौं अग्लो धौलागिरी हिमालको फेद आसपासका क्षेत्रमा पछिल्लो समय भीरमौरीको बथान बढ्दै गएकाले उत्पादनमा बृद्धि भएकाले संरक्षणमा समेत विशेष ध्यान दिने गरेको पुराना भिरमह शिकारी रिबहादुर विकले बताए ।

‘भिरमौरीसँगै धेरै बर्ष खेलियो,‘अहिले यूवाहरु कस्सिएका छन्’विकले भने। उनले जिल्लामै सबैभन्दा धेरै भिरमह पाइने कुईनेमंगले भएको बताए ।

भीरमह खोज्दै धेरै ठाउँमा पुगेका विकले तल्लो भन्दा माथिल्लो क्षेत्रका जंगलमा पाइने मह राम्रो हुने बताए । ठूलाठूला पहरा साथै खोलानालाको वरिपरि रहने भीर महको सुटिङमा यसअगाडी जापानी टोली समेत हेलिकप्टरमा पुगेको थियो ।

All-focus

विगतमा आमा समुह, यूवा क्लवमार्फत अनुमति लिएर भीर मह खोज्दै जंगल जानेले पछिल्लो समय वडा कार्यालयले राजश्व संकलन गरी गाउँपालिकामा पठाउने गरेको वडा अध्यक्ष गमन छन्त्यालले बताए ।

All-focus

‘विदेशी पर्यटकलाई तान्ने गरी प्रचारप्रसार गर्दछौ,‘यसबर्ष कोरोनाको जोखिमले आउन सकेनन्’ छन्त्यालले भने । उनले कुईनमंगलेलाई ‘हनी हन्टिङ’ का लागि नेपालकै प्रख्यात ठाउँको रुपमा चिनाउन चिनियाँ, जापानी र कोरियन समुहले समेत सघाउने प्रतिबद्धता जनाएको बताए । उनले भीरमौरीको महत्वबारे जानकार रहेकाले संरक्षणका लागि पुराना र अनभवीहरुबाट जानकारी तथा संरक्षणका थप योजना समेत बनाएको बताए ।

आकाशमा उड्ने चरो समेत बस्न नसक्ने ठाउँमा यूवाहरु डोरीको सहायताले पुग्ने गरेको दृष्यले विदेशी पर्यटकलाई आर्कषित गर्ने वडा अध्यक्ष छन्त्यालको भनाई छ ।

कुईनेमंगले बाहेक गूर्जा, लुलाङ, चिमखोला, दग्नाम, उत्तरी क्षेत्रमा दाना, शिख, हिस्तानको दोसल्ले लगायतका स्थानमा भीर मह पाइन्छ। गुलियो र स्वादिलो हुने भीर मह विशेषगरी यौनबद्र्धक, शक्ति र हाडजोर्नीका रोगीका लागि अचुक औषधी मानिन्छ। वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ ।

विज्ञापन