सवारी साधनकाे नम्बर प्लेटमा देवनागरी लिपि नै कायम रहने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले यातायात व्यवस्था विभागलाई कानुनी प्रक्रिया पूरा गरेर काम अगाडि बढाउन निर्देशन दिइसकेको बताए । उनले भने, कानून शंसोधन गर्नुपर्ने भएपनि प्रक्रिया पूरा गरेर काम हुनुपर्छ ।

मन्त्री नेम्वाङ्ले नेपाल प्रज्ञा प्रतिष्ठानको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यसका बारेमा अगाडी बढ्न निर्देशन दिईसकेको बताए ।

नेपाल सरकारले २०७४ भदौ ५ गतेदेखि सवारी साधनमा रोमन लिपिको अङ्ग्रेजी भाषामा इम्बोस्ड नं प्लेट राख्न शुरु गरेको थियो । त्यस समयमा प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानका प्रमुख संरक्षक, प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटेर सवारी साधनमा देवनागरी लिपि नै राख्नको लागि ध्यानाकर्षण गराएका थिए ।

प्रतिष्ठानका सदस्य सचिव प्रा.जगतप्रसाद उपाध्याय र प्राज्ञ परिषद् सदस्य प्रा.डा हेमनाथ पौडेलले सोमवार मन्त्री नेम्वाङलाई भेटेर भेटी सो व्यवस्था कार्यान्वयनका लागि ध्यानाकर्षणपत्र बुझाएका हुन ।

भेटको अवसरमा मन्त्री नेम्वाङले नेपालीको साझा भाषाको रूपमा रहेको नेपाली भाषा र देवनागरी लिपिको संरक्षण र संवद्र्धनका लागि आफू सधैं लागिरहने बताएका थिए । उनले नेपाल सरकार भाषा, संस्कृति, साहित्यको संरक्षण संवद्र्धनका लागि गम्भीर रहेको पनि बताए ।

विज्ञापन