गण्डकीमा ४७ जना नयाँ कोरोना सङ्क्रमित थपिए

0

गण्डकी प्रदेशमा ४७ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ११२ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व)का २०, स्याङ्जा १२, तनहुँ नौ, कास्की तीन, गोरखा, लम्जुङ र मनाङका एकरएकजना रहेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ७१८ जनाको पीसीआर परीक्षण गरिएकामा ४८ जनामा कोरोना पुष्टि भएको छ ।

परीक्षण गरिएकामध्ये ६२६ जनाको नेगेटिभ रिपोर्ट आएको छ भने एकको मृत्यु एवम् ४४ जनाको पुनः पोजेटिभ देखिएको छ ।

Leave a Reply