दी मनसुन यूवा क्लवको मंगलबार भएको भेलाले प्रकाश बानियाँको अध्यक्षतमा नयाँ कार्यसमिति चयन गरेको छ । बेनी नगरपालिका–५ र ६ वडा अन्तरगत पर्ने कोटेसाङ्ग, बगुवा र चुत्रेनीका यूवाहरुको भेलाले चयन गरेको कार्यसमितिको उपाध्यक्षमा दिनेश बानियाँ, सचिव ईश्वर पौडेल क्षत्री, कोषाध्यक्ष शावित्री श्रेष्ठ, सहसचिव सुरेश कार्की रहेका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा सुनिल केसी, राजेश केसी, किसान कार्की, कृष्ण मल्ल, इन्द्रजंग हमाल, गणेश चोखाल, कमल किसान र राम्जी पौडेल रहेको क्लवले जनाएको छ । क्लवमार्फत खेलकुद, सामाजिक लगायत विभिन्न क्षेत्रमा काम गदैं आइरहेकोमा क्लवमार्फत थप रचनात्मक कार्यहरु गर्ने नवनिर्वाचित अध्यक्ष बानियाँको भनाई छ ।

विज्ञापन