माउन्टेन इनर्जी नेपाल लिमिटेडले आज देखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि आईपिओ खुल्ला गरिएको बताएको छ । पहिले कम्पनीले गएको साउन महिनाको ८ गतेदेखि आईपिओ निष्काशन गर्ने बताएपनि देशका विभिन्न स्थानमा गएको बाढी पहिरोको समस्याका कारण अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको थियो ।

माउन्टेन इनर्जी नेपाल लिमिटेडको प्रति शेयर अंकित मूल्य रु १०० दरका १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर, आयोजना अति प्रभावित क्षेत्र नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं ४ र तादी गाउँपालिका वडा नं २, ३ तथा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ४ का वासिन्दाका लागि रहेकाे छ । नुवाकोटका आयोजना प्रभावितका लागि २ लाख ९ हजार ३ सय ६५ र म्यादीका लागि १७ लाख ५८ हजार ६ सय ६२ कित्ता शेयर छुट्याईएको छ ।

आवेदकले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि दरखास्त दिने पाउने भएका छन् । कम्पनीले म्याग्दीको निलगिरी खोलामा ३८ मेगावाटको आयोजना र मिस्ट्री खोलामा ४२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

 

 

विज्ञापन