नेपाल सरकारले नयाँ नक्सा अंकित एक रुपैयाँ तथा दुई रुपैयाँको सिक्का निष्कासन गर्न केन्द्रीय बैंकलाई स्वीकृति प्रदान गरेपछि नयाँ नक्सा अंकित सिक्का आउने भएका छन ।

मन्त्रिपरिषद बैठकले नयाँ नक्सासहितको सिक्का निष्कासनका लागि सोमबार बैंकलाई स्वीकृति दिने निर्णय गरेको हो । यसअघि निस्कासन भएका नोट र सिक्कामा पुरानो नक्सा अंकित छ ।

राष्ट्र बैंकले सरकारको स्वीकृति पाएसंगै लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटिएको नयाँ नक्सा अंकित सिक्का निष्कासनको प्रक्रिया शुरु गर्न लागेको बताइएकाे छ ।