म्याग्दी कोरोना संक्रमित मुक्त जिल्ला भएको छ । एक महिना अघि पनि कोराना मुक्त जिल्ला बनेको म्याग्दी सरुवा भइ जिल्लामा आएका एक जना प्रहरीमा कोरोना संक्रमण देखिए पछि कोरोना मुक्त हुन सकेको थिएन । बुधवार (आज) उनको रिपोर्ट पनि नेगेटिभ आएपछि पुन :संक्रिय कोरोना संक्रमित मुक्त जिल्ला बनेको छ ।
भदौ २८ गते यस अघि पोजेटिभ रिपोर्ट आएका र हाल आइसोलेशनमा रहेका एक जना प्रहरी लगाएत सहायक प्रमुख जिल्ला अधिकारी,जिल्ला बाहिरबाट आएका एक जना र क्वारेन्टाइनमा रहेका १४ जना गरी १७ जनाको स्वाव परीक्षणका लागि पठाइएकोमा आज १७ जनाकै रिपोर्ट नेगेटिभ आएपछि म्याग्दी सक्रिय कोरोना संक्रमित मुक्त जिल्ला बनेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।
उनका अनुसार आइसोलेसनमा रहेका एक मात्र सङ्क्रमित प्रहरी जवानको पनि पिसिआर टेस्ट रिपोर्ट नेगेटिभ आएकोले जिल्ला कोरोना सङ्क्रमित मुक्त भएको हो ।
समुदाय स्तरमा संक्रमण फैलिन नदिन म्याग्दीमा उच्च सर्तकता अपनाइएको छ ।

विज्ञापन